Wednesday, September 3, 2008

पुन: एकोहोरिन्दो यात्रा

नयाँ प्रारम्भ नयाँ उमंग
ग्रीष्मका अन्तिम पलहरु
अनि हेमन्तको पर्खाई
केहि कौतुहुलता केहि याद
उत्सुकता अनि आत्मसंबाद
कलेजको सुरुवात
घूमघामबाट थकाई
अनि पुन: एकोहोरिन्दो यात्रा
बिहानीको चिसो सिरेटोसंग आलाप
हिउंमाँ खचक खचक पाइला
समयसंग दौड़ादौड़
अनि बस! काम कलम सयन
तैपनी ब्यग्र छ मन
प्रतिक्षारत, उही पुरानो
तर नयाँ
प्रारम्भ नयाँ उमंग